विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २१, २०८१
|
|
४६ पटक हेरिएको
Shares
विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ

सारांश

  • विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।
  • पक्राउ पर्नेमा तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका ३५ वर्षीय सन्दीप थापा मगर रहेका छन् ।
  • वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेका मगरले पीडित महिलाको फेसबुक ह्याक गरी उक्त म्यासेन्जरमा पीडित र पीडितको श्रीमान् बिच भएका कुराकानी लगायतका गतिविधि सङ्कलन तथा सेभ गरेका थिए ।

२१ साउन, काठमाडौँ । विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका ३५ वर्षीय सन्दीप थापा मगर रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेका मगरले पीडित महिलाको फेसबुक ह्याक गरी उक्त म्यासेन्जरमा पीडित र पीडितको श्रीमान् बिच भएका कुराकानी लगायतका गतिविधि सङ्कलन तथा सेभ गरेका थिए । त्यसपछि फेक अकाउन्ट बनाई उक्त अकाउन्टबाट पीडितका आफन्तलाई पठाएर ब्ल्याकमेल गरी मानसिक तनाव, दुःख हैरानी दिने गरेका थिए ।

समाजमा बदनाम बेइज्जत गरी चरित्र हत्या हुने कार्य गरेको सम्बन्धमा पीडित महिलाले साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । ब्युरोले प्राविधिक अनुसन्धान र विश्लेषण पश्चात् उक्त कार्य मगरले गरेको  खुलेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए ।  मगर स्वदेश (नेपाल) फर्कने क्रममा आइतबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउ गर्न सफल भएको थियो ।

उपरीक्षक अवस्थीका अनुसार उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ । उनीमाथि विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धान पश्चात् सजायको मागदाबीसहित अदालतमा मिसिल पेस भइसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा
स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
स्वास्थ्य मन्त्रीलाई हर्कको प्रश्न : कार्यकर्ताको भवनलाई तीन करोड दिनेले सिटी अस्पताललाई कति दिन्छौँ ?
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
बालुवाटारको पवित्र वर्कसपमा २ वटा श*व फेला
बालुवाटारको पवित्र वर्कसपमा २ वटा श*व फेला
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै