यसरी मारिए हमासका वरिष्ठ नेता हानिया
१६ साउन,साउदी अरेबियाको समाचार एजेन्सी अल हदतले हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियाको मृत्यु कसरी भयो भनेर बताएको छ।
अल हदतले स्रोतलाई उद्धृत गर्दै तेहरानस्थित इस्माइल हानियाको निजी निवासमा गाइडेड मिसाइलले आक्रमण गरेको बताएको छ।रिपोर्टका अनुसार आक्रमण स्थानीय समयअनुसार दिउँसो २ बजे गरिएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले पनि यस्तै कुरा बताएका छन्।
इरानको रिभोलुसनरी गार्डसँग सम्बद्ध फार्स न्युजले हानिया उत्तरी तेहरानस्थित एउटा घरमा बसिरहेको बेला हवाइ हमला भएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment