प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु

सारांश

  • तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
  •   इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र रहेका खडका बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो ।
  • उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १:५५ बजे मृत्यु भएको हो ।

१६ साउन,झापा:  प्रहरी हिरासतमा रहेका एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ ।

तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतभित्र रहेका खडका बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १:५५ बजे मृत्यु भएको हो ।

साउन १३ गते बिहान ९:४५ बजे मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शङ्का लागेर चेकजाँच गर्दा प्लास्टिकले पोका पारेर बायाँ हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उक्त लागुऔषध मेचीनगर–७ का ३० वर्षीय खड्गबहादुर दर्जीले भारतबाट खरिद गरी काँकडभिट्टासम्म पुर्‍याइ दिनु भनी पठाएको खुलेको थियो । मे २ प ८५४१ नम्बरको मोटरसाइकलसहित दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको थियो ।  मृतक खड्काको परिवारले शव बुझ्न नमानेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने
मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने
आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
मधेस प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै