२६ जेष्ठ २०८२, आईतवार

अविरल वर्षाका कारण, काठमाडौं उपत्यकामा बाढी

 

काठमाडौं । विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ ।  काठमाडौंमा रातभर वर्षा भए पनि आज बिहानैदेखि घाम लागेको छ । विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ । त्यसपछिको धेरै वर्षा बुढानीलकण्ठमा ९०.४ मिलिमिटर रेकर्ड भएको छ ।

काठमाडौं उपत्यकाका अधिकांश वर्षा मापन केन्द्रहरुमा मध्यमदेखि भारी वर्षा भएकाले खोला तथा नदीहरुमा बाढीको सतह खतराको तहसम्म पुगेको छ । त्यसैले विभागले एसएमएस पठाएर र सामाजिक सञ्जालमा सूचना सार्वजनिक गरेर खोला किनारको बाटोमा यात्रा नगर्न र आज बिहान १० बजेसम्म सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment