कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीओलीको निर्देशन
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् । उनले सामूहिक अनुदानमा सरकार अलिक उदार नै हुने बताए । ‘जस्तो मलखादमा अनुदान । सबै किसानलाई जाने अनुदान हो यो । त्यसकारण ठीक छ’, प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment