कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीओलीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
२० पटक हेरिएको
Shares
कृषिमा व्यक्तिगत अनुदान रोक्न प्रधानमन्त्रीओलीको निर्देशन

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् ।
  • मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् ।
  • उनले सामूहिक अनुदानमा सरकार अलिक उदार नै हुने बताए ।

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा दिइने व्यक्तिगत अनुदान रोक्न निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन पालना गर्न र हिसाब किताब चुस्तदुरुस्त राख्न निर्देशन दिएका हुन् । उनले सामूहिक अनुदानमा सरकार अलिक उदार नै हुने बताए । ‘जस्तो मलखादमा अनुदान । सबै किसानलाई जाने अनुदान हो यो । त्यसकारण ठीक छ’, प्रधानमन्त्री ओलीले भने ।

तर व्यक्तिगत अनुदान भने रोक्नुपर्ने उनले बताए । ‘गाई पाल्न एक करोड, सुँगर पाल्न एक करोड, भैंसी पाल्न एक करोड फलानालाई अनुदान’, खासगरी कृषि मन्त्रालयमा यस्तो खुब अनुदान हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुरा रोक्नुपर्छ, यो एकदमै स्टप गर्नुपर्छ ।’सित्तै पैसा दियो भने त्यसले मान्छेलाई बिगार्ने उनको विश्लेषण छ । प्रधानमन्त्री ओलीले सचिवहरुसँग भने, ‘प्रोत्साहित गर्ने हो, बरु सस्तो ब्याजमा दिऔं, निव्याजी दिऔं ।’ यसरी दिएको ऋण पनि सही सदुपयोग भएको छ कि छैन अनुगमन गर्न समेत निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
बरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
दुई समिति सभापतिले लिए शपथ
दुई समिति सभापतिले लिए शपथ
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा
ज्यान मार्ने उद्योग मुद्दामा चक्रे मिलन १ लाख १० हजार धरौटीमा रिहा