Press 4K
सोमबार, २३ चैत्र २०८२

सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र २३, २०८२
|
|
५३ पटक हेरिएको
Shares
सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण

सारांश

  •   २३ चैत,काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले रुकुम पश्चिमको सोती घटनालाई संसदमा उठाउँदै दलित समुदायमाथि भइरहेका अत्याचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
  • सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०७७ जेठ १० गते रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाको अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्ममतापूर्वक हत्या गरिएको घटना स्मरण गरे ।

 

२३ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले रुकुम पश्चिमको सोती घटनालाई संसदमा उठाउँदै दलित समुदायमाथि भइरहेका अत्याचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०७७ जेठ १० गते रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाको अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्ममतापूर्वक हत्या गरिएको घटना स्मरण गरे ।

आजभन्दा सात वर्ष पहिले रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाहरूको हत्या भयो । अन्तरजातीय प्रेम र विवाहका कारण भएको त्यो घटना सामान्य विवाद मात्र थिएन, जातकै आधारमा गरिएको विश्वमै दुर्लभ र भयावह घटना हो,’ उनले भने । ०७७ जेठ १० गते जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक विवाहका लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका बेला स्थानीयले लखेट्दा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए । मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो । सांसद सुनारले हालैका अन्य घटनाहरू पनि उल्लेख गर्दै दलित समुदायमाथि हिंसा र विभेद अझै कायम रहेको बताए ।

केही समयअघि मात्रै सुर्खेतमा इनिशा विकको बलात्कारपछि हत्या भएको छ । आजभन्दा आठ वर्ष पहिले काभ्रेको पाँचखालमा हत्या गरिएका अजित मियाँको शव अझै काठमाडौंको टिचिङ अस्पतालको मुर्दाघरमा छ,’ उनले भने ।
उनले दलित समुदायको अवस्था चित्रण गर्दै ‘दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दासबनेर बसेको छ’ भन्ने टिप्पणी गरे । सांसद सुनारले यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । उनले सरकारले दलित समुदायसँग मागेको क्षमायाचनाको लागि धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...