एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)
सारांश
- २२ चैत,काठमाडौं ।
- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् ।
- फिफा र एएफसीले शनिबार एन्फा महासचिव किरण राईलाई संयुक्त पत्र लेख्दै पत्र प्राप्त भएको ७ दिनभित्र निर्वाचन प्रक्रिया पुन: सुरु गर्न र अन्तिम रूप दिन निर्देशन दिएका छन् ।
२२ चैत,काठमाडौं ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् । फिफा र एएफसीले शनिबार एन्फा महासचिव किरण राईलाई संयुक्त पत्र लेख्दै पत्र प्राप्त भएको ७ दिनभित्र निर्वाचन प्रक्रिया पुन: सुरु गर्न र अन्तिम रूप दिन निर्देशन दिएका छन् । निर्धारित समयमा निर्वाचन नगरे निलम्बन प्रक्रिया थालिने प्रस्ट चेतावनी छ ।

‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ,’ पत्रमा भनिएको छ । राखेपको निलम्बनले एन्फालाई आफ्नो मामिलामा स्वतन्त्र रूपमा व्यवस्थापन गर्नबाट रोकेको समेत उक्त पत्रमा उल्लेख छ । फिफाबाट निलम्बनमा परेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने, फिफा, एएफसी विकास कोषमा पहुँच र अन्य सदस्य संघहरूलाई एन्फासँग खेलकुद सम्पर्क कायम राख्न निषेध गर्ने कुरा पनि पत्रमा उल्लेख छ ।


प्रतिक्रिया