Press 4K
शनिबार, २१ चैत्र २०८२, २० : ५१ : ०२

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु

Raju Yadav Raju Yadav
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु

सारांश

  •   ३० फागुन, काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ ।
  • महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो ।

 

३० फागुन, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ । महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो । प्रशासन विभागका प्रमुख महेश काफ्ले ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गर्ने बताएका छन् ।

उनले भने, ‘ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गनेछौँ । नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ९१० रुपियाँ तोकेको छ । यही मूल्यमा खरिद-बिक्री गर्न व्यवसायी र उपभोक्तामा हाम्रो अनुरोध छ ।’ ‘ग्यास अभाव हुने आशंका गरेर उपभोक्ताले बढी माग गने गरेको पनि पाइएको छ । यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । यस कारण उपभोक्तालाई पनि जिम्मेवार पूर्वक ग्यास माग गर्नुपर्छ,’ काफ्ले भन्छन्, ‘सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आफ्ना आफ्ना दायित्व सबैले पूरा गनुपर्छ ।’

पेट्रोल पम्पहरूले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारी साधनलाई उपलब्ध नगराउने सूचना पाएका छौँ । यसमा पनि हामीले निगरानी थालेको उनको भनाइ छ । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरका हटलाइन नम्बरहरू ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा महानगरले निगरानी गर्नेछ । ग्याँस विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । माग धेरै भएकोले अभाव देखिएको हो । यसमा उपभोक्ताले सञ्चितिका लागि माग गरेनन् भने समस्या देखिँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
जेनजी प्रदर्शन अपडेट: देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते
जेनजी प्रदर्शन अपडेट: देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त
संयोगले शिक्षामन्त्री भएँ, धेरै कुरा सिक्दै छु : रघुजी पन्त
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
कालीमाई मन्दिरको अक्षय कोषका लागि महायज्ञ
कालीमाई मन्दिरको अक्षय कोषका लागि महायज्ञ

पात्रो

२०८२
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...