बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला

Raju Yadav Raju Yadav
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
२ पटक हेरिएको
Shares
बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह, आश्वासन पूरा गर्नुहोला

सारांश

  •   ३० फागुन, काठमाडौं ।
  • मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बालेन्द्र शाह (बालेन) लाई भाषणमा भनेका कुरा पूरा गर्न आग्रह गरेका छन् ।
  • शनिबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले पाउन बाँकी रहेको अधिकार बालेन नेतृत्वको सरकारले पूरा गर्नेमा आशावादी रहेको बताए ।

३० फागुन, काठमाडौं ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बालेन्द्र शाह (बालेन) लाई भाषणमा भनेका कुरा पूरा गर्न आग्रह गरेका छन् । शनिबार जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रममा धारणा राख्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारले पाउन बाँकी रहेको अधिकार बालेन नेतृत्वको सरकारले पूरा गर्नेमा आशावादी रहेको बताए ।

उनले प्रदेश सरकारको मातहतमा हालसम्म आफ्नो प्रहरी नभएको गुनासो सुनाए । उनले जनकपुरधाममा बालेनले काठमाडौं घुम्न मात्र आउनु अधिकार माग्न नआउनु भनेको स्मरण गराउँदै प्रदेशलाई आवश्यक रहेको अधिकार अब दिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री यादवले हालै सम्पन्न निर्वाचनमा प्रहरी प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन प्रहरीले खेलेको भूमिकाप्रति बधाई ज्ञापन गरेका छन् । जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा मधेस प्रदेश सरकारको बजेटबाट प्रहरीका लागि ब्यारेक र मेष निर्माण हुन लागेको हो । प्रदेश सरकारले ब्यारेक र मेष निर्माणका निम्ति जम्मा ११ करोड ४ लाख ५३ हजार ७१२ रुपैयाँ पाँच पैसा बजेट प्रदेश प्रहरी कार्यालयलाई दिएको छ । उक्त ब्यारेक र मेष निर्माण कार्य १८ महिना भित्र सम्पन्न गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार, १० अर्बको कारोबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार, १० अर्बको कारोबार
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
आजको मौसम: कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
नक्कली नोटसहित सर्लाहीबाट एकजना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै
राममन्दिरको प्राणप्रतिष्ठामा नेपालबाट उपहार पठाइँदै