राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य

Raju Yadav Raju Yadav
|
बुधबार, माघ ७, २०८२
|
|
२ पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य

सारांश

  •   ७ माघ, काठमाडौं ।
  • निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न जाँदा मतदाताको पहिचान खुल्ने ६ प्रकारका कागजात मान्य हुने निर्णय गरेको छ।
  • आयोगका अनुसार माघ ११ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्दा निम्नमध्ये कुनै एक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।

७ माघ, काठमाडौं ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न जाँदा मतदाताको पहिचान खुल्ने ६ प्रकारका कागजात मान्य हुने निर्णय गरेको छ। आयोगका अनुसार माघ ११ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्दा निम्नमध्ये कुनै एक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। मान्य परिचयपत्रहरूमा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र, प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा प्राप्त प्रमाणपत्र, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र समावेश छन्।

यसैगरी, प्रदेश सभा सचिवालय वा स्थानीय तहले जारी गरेको पद खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ। निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको एक विद्यालयका प्रधानाध्यापकको मृ*त्यु
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
तीनकुने घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश
इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
राजर्षि जनक विश्व विद्यालयका ८६ विद्यार्थी दीक्षित
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल