सर्लाहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २, २०८२
|
|
३ पटक हेरिएको
Shares
सर्लाहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सारांश

  •   सर्लाही, ०२ माघ ।
  • अमलेश शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप सर्लाहीमा शुक्रवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
  • चार निर्वाचन क्षेत्र रहेको सर्लाही जिल्लामध्ये क्षेत्र नम्बर २ का लागि सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वयको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सर्लाही, ०२ माघ । अमलेश शर्मा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप सर्लाहीमा शुक्रवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । चार निर्वाचन क्षेत्र रहेको सर्लाही जिल्लामध्ये क्षेत्र नम्बर २ का लागि सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वयको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

त्यसैगरी, क्षेत्र नम्बर १ का लागि लालबन्दी नगरपालिका वडा नं. १० को वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। यस्तै, क्षेत्र नम्बर ३ का लागि हरिवन स्थित मालपोत कार्यालयमा र ४ नम्बर क्षेत्रका लागि श्री बेनी भोला नमूना मा. वि. गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषि राम पौडेलले जानकारी दिनुभयो।

निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाउन आवश्यक सबै तयारी अघि बढाइएको जनाइएको छ । क्षेत्रनम्बर २ मा जिल्ला न्यायधिश पुष्पराज थपलिया सर्लाही जिल्लाको मुख्य निर्बाचन अधिकृत, क्षेत्रनम्बर १ मा ईजलास अधिकृत टिका बहादुर थापा निर्बाचन अधिकृत, क्षेत्रनम्बर ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नवराज आचार्य निर्बाचन अधिकृत र क्षेत्रनम्बर ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोद प्रसाद घिमिरे निर्बाचन अधिकृतको रुपमा खटिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
विष्णुमति करिडोर ट्रयाक खन्ने कार्यको स्वास्थ्य मन्त्री पौडेलद्वारा शिलान्याश
झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
देउवा निवासमै नेविसंघ अध्यक्ष विरुद्ध नाराबाजी
इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृ*त्यु
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी