सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २३, २०८२
|
|
२ पटक हेरिएको
Shares
सञ्चार मन्त्री खरेलको प्रष्टीकरण : ‘चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन’

सारांश

  • २३ पुष, काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।

२३ पुष, काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताए ।

‘म यहाँहरूलाई आज स्पष्ट पार्न चाहन्छु-मैले अहिलेसम्म चुनावमा उठ्ने वा नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरूलाई म स्पष्ट पार्न चाहन्छु-म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन,’ उनले भने, ‘आउँछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन । र, मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ ।’

आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यमहरूले झुटो समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे । ‘आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठ्छु वा उठ्दिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढंगले आइरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहिँ आज म तपाईँहरूमार्फत भन्छु- मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?