घर फर्किन पाउँदा खुसी लागेको छ : थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १६, २०८२
|
|
३ पटक हेरिएको
Shares
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा

सारांश

  • १६ पुष, काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् ।
  • बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए ।

१६ पुष, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले आज घर फर्किन पाउँदा खुसी लागेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित राप्रपा र राप्रपा नेपालको एकता घोषणा सभामा उनले खुसीले होईन अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको भन्दै आज फर्किदा खुसि लागेको बताए । उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसिले होईन् । विभिन्न कारणले म घर छोडेर गए । अहिले घर फर्किदा खुसि पनि छु ।’

यस्तै, उनले कतिपयले बुझेर नबुझेर हारेर भागेको आरोप लगाएको भन्दै त्यो कुरा सत्य नभएको बताए । उनले भने, ‘त्यसबेला मलाई कतिले बुझेर नबुझेर आरोप लगाए, गिताको कसम खाएको मान्छेले पार्टी फुटायो, हारेर भाग्यो । तर ती सबै कुरा असत्य हुन् । म खेलाडी पनि भएकाले हारलाई स्वीकार्ने व्यक्ति हुँ ।’ उनले नयाँ पुरानाको भेदलाई हटाएर अब सशक्त तरिकाबाट अगाडि बढ्न सबैलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?