मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो

Raju Yadav Raju Yadav
|
आइतबार, मंसिर २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो

सारांश

  •   २८ मंसिर, सर्लाही ।
  • राजु यादव सबैको साथ सर्लाहीको मलंगवा नगरपालिकाका विभिन्न सडकमा  बालुवा–गिट्टी डिपो झैँ थुपारिँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
  • नगर क्षेत्रका बसपार्क, ढका बोर्डर, रिङ्गरोडलगायत स्थानमा सडकमै बालुवा–गिट्टी राखिँदा सवारी आवागमनमा समस्या भएको छ।

 

२८ मंसिर, सर्लाही । राजु यादव सबैको साथ

सर्लाहीको मलंगवा नगरपालिकाका विभिन्न सडकमा  बालुवा–गिट्टी डिपो झैँ थुपारिँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। नगर क्षेत्रका बसपार्क, ढका बोर्डर, रिङ्गरोडलगायत स्थानमा सडकमै बालुवा–गिट्टी राखिँदा सवारी आवागमनमा समस्या भएको छ। स्थानीय सरोज यादवका अनुसार सडकको बीचभागमै घर निर्माण र बेच्नका लागि ल्याइएका बालुवा–गिट्टी थुपारिँदा यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य भएका छन्।

सडक साँघुरो हुँदै जाँदा साना–ठूला दुर्घटनाको क्रम बढेको उनले बताए। सडकमा डिपो सञ्चालनका कारण पैदल यात्रु मात्र नभई सवारी चालकहरू पनि असुरक्षित बनेका छन्। स्थानीयले पटक–पटक गुनासो गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै तत्काल डिपो हटाउन माग गरेका छन्। सार्वजनिक सडकमा बालुवा–गिट्टी थुपारिनु गैरकानुनी मात्र नभई जनजीवनलाई जोखिममा पार्ने कार्य हो। उनीहरूले नगरपालिकाले तत्काल कारबाही गरी सडक सुरक्षित बनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?