भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड

Raju Yadav Raju Yadav
|
सोमबार, मंसिर २२, २०८२
|
|
२ पटक हेरिएको
Shares
भूमिहीन सुकुम्बासी समस्या समाधानका लागि पहल गर्छु :प्रचण्ड

सारांश

  •   २२ मंसिर, काठमाडौं ।
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन्।
  •   नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन्।

२२ मंसिर, काठमाडौं

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन्।  नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन्।

पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन,महोत्तरीलगायतका स्थानबाट भूमिहीन तथा सुकुम्बासीका समस्या समाधानको काम सुरू गरिएको भए पनि पछिल्ला सरकारले यसतर्फ आवश्यक पहल नगरेको उनले उल्लेख गरे। उनले समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे। नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि तत्काल पहल गर्न प्रचण्डसमक्ष आग्रह गरेको हो।

समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले सोमबार पार्टी केन्द्रीय कार्यालय,पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो। दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
बाजुरामा सडेगलेको अवस्था एक महिलाको श*व फेला
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड
सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा  तीनजना पक्राउ
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा तीनजना पक्राउ
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द
सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
सहकारी प्रकरण : लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा
शुक्रवारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
शुक्रवारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित