‘पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन्’ : जनार्दन शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
२ पटक हेरिएको
Shares
‘पुराना दलले क्रान्तिकारी छवि बचाउन सकेनन्’ : जनार्दन शर्मा

सारांश

  • ७ मंसिर, काठमाडौँ।
  •   प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् ।
  • आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा राख्नुकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् ।

७ मंसिर, काठमाडौँ। 

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा राख्नुकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् । उनले भने, ‘काँग्रेस, एमाले, माओवादी आ-आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे । फलस्वरूप देश चरम भ्रष्टाचार, बेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो ।’

त्यस्तै उनले दलहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाएको आरोप लगाए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाई छ । ‘भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्मा बनाए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलीय स्वार्थ र दलीय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन सकेन,’ उनले भने । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन भ्रमण बारे मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली
चीन भ्रमण बारे मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै
सेनाद्वारा वृहत् स्वास्थ्य शिविर सञ्चालन
सेनाद्वारा वृहत् स्वास्थ्य शिविर सञ्चालन
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा
१५ दिनमै निगमलाई करिब ५ अर्ब रुपैयाँ घाटा
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार
नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल
नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल