२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता

Raju Yadav Raju Yadav
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२ पटक हेरिएको
Shares
२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता

सारांश

  • २५ कात्तिक, काठमाडौं ।
  • थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ ।
  • मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् ।

२५ कात्तिक, काठमाडौं ।

थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् । निर्वाचन आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा पुरुष १ लाख २२ हजार ७४० जना र महिला ८६ हजार ७८५ जना रहेका छन् । अन्य २७ जना रहेका छन् ।  अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले जेनजी समूहलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य गत असोज ९ गतेबाट सुरु गरेको थियो । मतदाता नामावली संकलन कार्य यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।

आयोगका अनुसार १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिने छ । मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने छन् । यसका अलावा विवाह भई अन्यत्र गएका, बसाइ सराइ गरेका मतदाताले ठाउँसारी गर्न सक्नेछन् । मतदाता नामावलीमा नाम तथा अन्य विवरणमा त्रुटि भएमा पनि सच्याउन सकिनेछ ।

नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भईरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । यसका लागि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
त्रिदेशीय टी-२०आई शृंखला : नेपाल आज नेदरल्याण्ड्ससँग खेल्दै
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
कोरोनालाई हेप्दा एक सातामै ३५० अमेरिकनको मृ*त्यु
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
ओली पक्राउ प्रकरणमा कानुनविद्ले भने : कानुनी प्रक्रिया मिचेर कारबाही गर्न मिल्दैन
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी