प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम

Raju Yadav Raju Yadav
|
बुधबार, कार्तिक १९, २०८२
|
|
१ पटक हेरिएको
Shares
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ : बामदेव गौतम

सारांश

  • १९ कात्तिक, काठमाडौं ।
  • नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने बताएका छन् ।
  • बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

१९ कात्तिक, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने बताएका छन् । बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो सधैँभरी महिना महिनामा सरकार परिवर्तन गर्ने सिस्टम, राज्य सञ्चालनको शासन प्रणालीलाई अन्त्य गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ,’ उनले भनेका छन् । यसअघि अघि बढ्न सकेको खण्डमा कम्युनिस्ट आन्दोलन धेरै अघि बढ्नसक्ने उनले बताएका छन् । ‘त्यसो भयो भने हामी अगाडि बढ्न सक्छौं । तपाईंहरू सबैमा विनम्र अनुरोध छ, यो पास गरिदिनुस्,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?