कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन २९, २०८२
|
|
२ पटक हेरिएको
Shares
कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा

सारांश

  • २९ असोज, काठमाडौं ।
  • बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ ।
  • अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२।

२९ असोज, काठमाडौं ।

बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२।५८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ । २ स् ५९ बजे नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो ।

४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने पाँचको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् । म्युचुअल फन्ड ०।२४ प्रतिशत बढ्यो । व्यापार सबैभन्दा धेरै २। ०९ प्रतिशत घट्यो । बैंकिङ ०।५४, विकास बैंक १।१४, फाइनान्स १।१०, होटल तथा पर्यटन १।०६, हाइड्रोपावर १।१८, लगानी ०।९८, जीवन बीमा ०।७५, उत्पादन तथा प्रशोधन ०।३९, माइक्रोफाइनान्स ०।५६ प्रतिशत घटे । त्यस्तै निर्जीवन बीमा ०।६५ र अन्य समूह १।२२ प्रतिशत घटे । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६।९३ प्रतिशत बढ्यो ।

क्रेस्ट माइक्रोलाइफको ३।६२ तथा मातृभूमि लघुवित्तको ३।१३ प्रतिशत बढ्यो । दुई कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५।८७, पन्चकन्या माइ हाइड्रोको ५।७५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ५।०२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित
बसिरको सानदार ब्याटिङले जिताउन सकेन नेपाललाई, कुवेतसँग ३ रनले पराजित
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
नेकपाले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन
अनियमितताबारे छानबिन समिति बनाउन सभामुखको निर्देशन
अनियमितताबारे छानबिन समिति बनाउन सभामुखको निर्देशन
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
पाठ्यपुस्तक पर्याप्त छन्ः जनक शिक्षा प्रादेशिक कार्यालय
गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन
गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रदेश सरकारले बजेट सुनिश्चितता गर्ने आश्वासन