सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल

Raju Yadav Raju Yadav
|
आइतबार, आश्विन २६, २०८२
|
|
२ पटक हेरिएको
Shares
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल

सारांश

  • २६ असोज, काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना र फेकन्यूजको नियन्त्रणका लागि ऐन तथा कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन् ।
  • प्रेस काउन्सिल नेपालसँगको छलफलमा बोल्दै उनले हाल सञ्चालित करिब २० हजार सामाजिक सञ्जाल प्लेटफर्ममध्ये धेरैजसो सञ्चारमाध्यमको नाममा भए पनि ‘आउट अफ ट्रयाक’ गएको जस्तो देखिएको उल्लेख गरे ।

२६ असोज, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना र फेकन्यूजको नियन्त्रणका लागि ऐन तथा कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालसँगको छलफलमा बोल्दै उनले हाल सञ्चालित करिब २० हजार सामाजिक सञ्जाल प्लेटफर्ममध्ये धेरैजसो सञ्चारमाध्यमको नाममा भए पनि ‘आउट अफ ट्रयाक’ गएको जस्तो देखिएको उल्लेख गरे ।

‘सामाजिक सञ्जालको वहाव हेर्दा अधिकांश प्लेटफर्महरू गलत बाटोतर्फ गएको देखिन्छ,’मन्त्री खरेलले भने, ‘अब यसलाई कसरी रोक्ने, के उपाय अपनाउने भन्ने विषयमा प्रेस काउन्सिलले भूमिका खेल्न सक्छ । सहीलाई सही र गलतलाई गलत भन्नैपर्छ । भ्रमपूर्ण समाचारले देश र जनतालाई गलत दिशातर्फ लैजानु हुँदैन ।’ उनले सामाजिक सञ्जालमा देखिएको विकृति, विसंगति नियमन तथा अनुगमन गर्न सकिने र त्यसलाई कानुनी दायरामा ल्याउन सकिने धारणा राखे । मन्त्री खरेलले प्रेस काउन्सिलको भूमिका सशक्त रहेको उल्लेख गर्दै संस्थाको सुदृढीकरणका लागि कानुनी आधार सुदृढ पार्नुपर्ने बताए । उनले भने, ‘प्रेस काउन्सिलले जुन रूपमा अनुगमन, नियमन र कारबाही सिफारिसको काम गरिरहेको छ, त्यो अत्यन्तै महत्वपूर्ण छ ।

तर ऐन कानुन पूरानो भएकाले अहिलेको डिजिटल युगसँग मेल खाँदैन ।’ उनका अनुसार प्रेस काउन्सिल २०२७ मा स्थापना भए पनि यससम्बन्धी ऐन वि.सं. २०४८ मा बनेको हो । त्यस यताका वर्षहरूमा सञ्चार क्षेत्रमा ठूला परिवर्तनहरू आएकाले पुरानो कानुन परिमार्जन गर्न आवश्यक रहेको उनले बताए । ‘हामी पत्रपत्रिका, रेडियो र टेलिभिजनबाट सञ्चार सेवा दिन्थ्यौं,’उनले भने, ‘तर प्रविधिको तीव्र विकाससँगै अहिले सामाजिक सञ्जालमार्फत फैलने सूचनाको प्रकृति फेरिएको छ । त्यसकारण मिडिया काउन्सिल विधेयक अगाडि बढ्न जरुरी छ ।’ उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक अघि नबढेका कारण प्रेस काउन्सिललाई नीतिगत रूपमा काम गर्न कठिन भइरहेको स्पष्ट पारे । ‘फेक न्यूज, मिसइनफर्मेशन, डिसइनफर्मेशनको प्रवृत्ति बढ्दो छ । यसको प्रभाव नियन्त्रित गर्न नयाँ कानुनी संरचना अपरिहार्य भइसकेको छ,’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
विवादबीच आह्वान भयो काँग्रेसको विशेष महाधिवेशन
रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै
रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
सिरहामा दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
प्रधानमन्त्रीको सम्बोधनमा रास्वपाले संसद् अवरोध नगर्ने
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर