नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दै
सारांश
- १६ असोज, काठमाडौं ।
- नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज पहिलो खेल खेल्दै छ ।
- मलेसियाको कुआलालम्पुरमा हुने खेल विहान ११:४५ बजेदेखि सुरु हुनेछ ।
१६ असोज, काठमाडौं ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज पहिलो खेल खेल्दै छ । मलेसियाको कुआलालम्पुरमा हुने खेल विहान ११:४५ बजेदेखि सुरु हुनेछ । नेपालले मलेसियासँग हालसम्म ११ पटक टी-२०आई खेलेको छ जहाँ ७ खेलमा जित निकाल्दा ४ मा पराजित भएको छ । पछिल्लोपटक नेपालले मलेसियासँग सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा खेलेको थियो जहाँ ४ विकेटले पराजित भएको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया