तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द

Raju Yadav Raju Yadav
|
सोमबार, आश्विन १३, २०८२
|
|
३ पटक हेरिएको
Shares
तुइनखोला पुलनजिक फेरि खस्यो पहिरो, आवागमन दुईतर्फी बन्द

सारांश

  • १३ असोज, काठमाडौं ।
  • मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि पहिरो गएको छ ।
  • सोमबार (असोज १३) बिहान पहिरो खसेका कारण आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

१३ असोज, काठमाडौं ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि पहिरो गएको छ । सोमबार (असोज १३) बिहान पहिरो खसेका कारण आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।  हाल सो क्षेत्रमा पहिरो झर्ने क्रम जारी नै छ । पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुने जनाएको छ ।

“मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुलनजिकै पहिरो खसेर आवागमन दुईतर्फी बन्द भएको छ,” कार्यालयले भनेको छ, “पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट तत्काल पहिरो हटाउने कार्य सुचारू हुनेछ ।” पहिरो अवधिभर रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
संसद विघटनको विपक्षमा उभिने कांग्रेसकाे निर्णय
संसद विघटनको विपक्षमा उभिने कांग्रेसकाे निर्णय
रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबारभित्र खुलाउने तयारी
रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबारभित्र खुलाउने तयारी
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा