बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए

Raju Yadav Raju Yadav
|
बुधबार, आश्विन ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए

सारांश

  • ८ असोज, बैतडी  गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६० जना कैदी कारागार फर्किसकेका छन् ।
  • २४ गते राति साढे ९ बजेतिर कारागार तोडफोड गरेर भागेका ६२ जना कैदीमध्ये आज (सोमबार) दुई जना बाहेकका ६० जना कैदी फर्किसकेको बैतडी कारागार प्रमुख, धारा भण्डारीले बताए ।
  • फर्किन बाँकी रहेका दुई जना कैदीबन्दीको खोजी कार्य भइरहेको उनले बताए ।

८ असोज, बैतडी 

गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६० जना कैदी कारागार फर्किसकेका छन् । २४ गते राति साढे ९ बजेतिर कारागार तोडफोड गरेर भागेका ६२ जना कैदीमध्ये आज (सोमबार) दुई जना बाहेकका ६० जना कैदी फर्किसकेको बैतडी कारागार प्रमुख, धारा भण्डारीले बताए । फर्किन बाँकी रहेका दुई जना कैदीबन्दीको खोजी कार्य भइरहेको उनले बताए । फर्किन बाँकी कैदीमा एक जना सवारी अंगभंग र एक जना जबरजस्ती करणी मुद्दाका रहेका छन् ।

बैतडी कारागारको सम्पर्कमा बाहिर जिल्लाका कारागारबाट भागेर आएका चार जना कैदी सम्पर्कमा आएका थिए । चार जनामध्ये दुई जना दार्चुला, एक कञ्चनपुर र एक जना मकवानपुर जिल्ला कारागारबाट भागेर आएका थिए । जसमध्ये दार्चुला र कञ्चनपुरका कैदीलाई उतै पठाइसकेको र मकवनपुरका कैदीलाई बैतडी कारागारमै राखिएको प्रमुख भण्डारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?