विशेष महाधिवेशनसहित माओवादीले तय गर्यो केन्द्रीय समितिका एजेन्डा
सारांश
- ८ असोज, काठमाडौं ।
- नेकपा माओवादी केन्द्रले मंसिर अन्तिमतिर विशेष वा एकता महाधिवेशन गर्नेसहितका एजेन्डा तय गरेको छ।
- बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेन्डा तय गरेको हो।
८ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले मंसिर अन्तिमतिर विशेष वा एकता महाधिवेशन गर्नेसहितका एजेन्डा तय गरेको छ। बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेन्डा तय गरेको हो। स्थायी समिति सदस्य शशि श्रेष्ठका अनुसार महाधिवेशनको मिति भने प्रस्ताव गरिएको छैन।

उनले भनिन्,‘केन्द्रीय समिति विघटन गर्ने र विशेष वा एकता महाधिवेशन गर्ने भन्ने प्रस्ताव आएको छ। मिति भने केन्द्रीय समितिले तय गर्ला।’ उनका अनुसार केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय भएका छन्। असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए।


प्रतिक्रिया