माओवादी स्थायी समितिको बैठक बस्दै
सारांश
- ८ असोज, काठमाडौं ।
- नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ ।
- बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ ।
८ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई अनुमोदनको प्रक्रियामा लगिनेछ । माओवादी केन्द्रकोख पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । महाधिवेशन गर्ने निर्णयसँगै अहिले नै पार्टीका सबै संगठन भंग गर्ने पार्टी कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया