नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने

Raju Yadav Raju Yadav
|
आइतबार, आश्विन ५, २०८२
|
|
२ पटक हेरिएको
Shares
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने

सारांश

  • ५ असोज, काठमाडौं ।
  • वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ ।
  • निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् ।

५ असोज, काठमाडौं ।

वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दैछ । निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोलमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनफल हुने गरी बोलकबोल गर्न सकिनेछ ।

सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ । निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८२ असोज १२ गते हुनेछ । हाल कुल निक्षेप ७२ खर्ब नाघेको छ । राष्ट्र बैंकले बजार ब्याजदर स्थिर राख्न दीर्घकालीन निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत पटकपटक तरलता व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?