कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु

Raju Yadav Raju Yadav
|
शनिबार, भाद्र २८, २०८२
|
|
३ पटक हेरिएको
Shares
कास्की प्रहरी कार्यालय जलाउँदा घाइते भएका लामाको मृ*त्यु

सारांश

  • २८ भदौ, पोखरा।
  • जेनजी आन्दोलनमा क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जलाउँदै गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
  • प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका तनहुँको भररपुर–१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो ।

२८ भदौ, पोखरा।

जेनजी आन्दोलनमा क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको भवन जलाउँदै गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय तोडफोड तथा आगजनीका क्रममा जलेर घाइते भएका तनहुँको भररपुर–१० का ४३ वर्षीय विजय लामाको मृत्यु भएको हो । उनी पोखरा–१६ बस्ने गरेको र कतिपयलाई शुक्लागण्डकी–११ पनि ठेगाना बताउने गरेका थिए ।

प्रहरी कार्यालयमा आगोको मुस्लो परेका उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालका अनुसार लामाको बिहान १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । उनी ७० प्रतिशत जलेको अवस्थामा अस्पताल ल्याइपुर्‍याइएको अस्पतालका निर्देशक प्राडा प्रेमराज पंगेनीले जानकारी दिए । कास्कीका अधिकांश सरकारी कार्यालयहरु तेडफोड र आगजनी गरिसकेपछि आन्दोलनकर्मीहरु डोजरसहित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । उग्र प्रदर्शन गरिरहेका आन्दोलनकर्मीहरु कार्यालयको गेट तोडफोड गर्दै प्रहरी कार्यालय छिरेका थिए। प्रहरी कार्यालय छाडेर निस्किएको थियो ।

प्रहरी कार्यालयभित्र पनि तोडफोट, लुटपाट र आगजनी भएको थियो । आन्दोलनकर्मीले लुटेको केही हतियार प्रहरीले प्राप्तसमेत गरिसकेको र केही अझै बाँकी प्रहरीको भनाइ छ ।
प्रहरी कार्यालयभित्रै डोजर लिएर गएका युवामाथि सुरुमा गोली लागेको थियो । उनको उपचार भइरहेको छ । आन्दोलनकर्मीहरुले पोखरा रत्नचोकमा रहेको अभि इकयुपमेन्ट डिभिजन कार्यालयको डोजर, लोडर, स्काभेटर र टिप्पर निकालेर सडकमा चलाउँदै, तोडफोड गर्दै हिँडेका थिए । आन्दोलनकर्मीहरुले पोखरामा अधिकांश प्रमुख सरकारी निकाय तोडफोड र आगजनी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?