पथलैया ट्राफिकका एसपी राजकुमार सिलवाल छानबिनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
२ पटक हेरिएको
Shares
पथलैया ट्राफिकका एसपी राजकुमार सिलवाल छानबिनमा

सारांश

  • १४ भदौ, काठमाडौँ ।
  • मधेस प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा, पथलैयाका एसपीमाथि छानबिन भइरहेको छ ।
  • आचरण विपरीतको काम गरेको आशंकामा मधेस प्रदेश प्रहरी कार्यालयले समिति बनाएर एसपी राजकुमार सिलवालमाथि छानबिन थालेको हो ।

१४ भदौ, काठमाडौँ ।

मधेस प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा, पथलैयाका एसपीमाथि छानबिन भइरहेको छ । आचरण विपरीतको काम गरेको आशंकामा मधेस प्रदेश प्रहरी कार्यालयले समिति बनाएर एसपी राजकुमार सिलवालमाथि छानबिन थालेको हो । सिलवालमाथि छानबिन गर्न ३ वटा समिति गठन गरिएको मधेस प्रदेशका डीआईजी उमा प्रसाद चतुर्वेदीले पुष्टि गरे । छुट्टाछुट्टै छानबिन समितिको नेतृत्व एसएसपी भीम दाहाल, एसएसपी कमल थापा र एसपी नारायण रञ्जितकारले गरेका छन् ।

आचरण विपरीतको काम गरेको आरोप लगाएर एसपी सिलवालबिरुद्ध मधेस प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा ३५ थान उजुरी परेको छ । ती उजुरी ५ वटा भिन्नाभिन्दै प्रकृत्तिको रहेको डीआईजी चतुर्वेदीले बताए । उनले भने, ‘३५ थान उजुरी आएको छ, त्यसबारे समितिले छानबिन गरिरहेको छ ।’ ट्राफिक प्रहरीले गर्नुपर्ने भन्दा फरक काम गरेको भन्नेबारे मधेस प्रदेशका ८ वटै जिल्लाबाट आएको उजुरी सङ्कलन गरेर अध्ययन भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । उनले भने, ‘३५ थान उजुरी पथलैयाका एसपीविरुद्धको मात्र होइन, उहाँका मातहतका सबै जिल्लाको उजुरी सङ्कलन गरिएको हो ।’

प्रहरी उपरीक्षक सिलवालले मापसे गरेर सवारी चलाउने चालकलाई जरिवाना गरेर छाड्नुपर्नेमा रातभर नियन्त्रणमा राखेको र चालकहरूसँग रकम असुल्ने गरेको आरोप छ । त्यस्तै उनले चोरीको गाडी नियन्त्रणमा लिएर भन्सार बुझाउनुपर्नेमा आफूखुसी प्रयोग गरेको आरोप छ । छानबिन समितिसँग सिलवालले चोरीको गाडी भन्सार बुझाउने प्रक्रियामा नै रहेको बयान दिएका छन् ।

छानबिन समितिका एकजना सदस्य भन्छन्, ‘उहाँले चोरीको गाडी भन्सार बुझाउने प्रक्रियामा छु भन्नुभएको छ ।’ राजमार्गमा चेकजाँच गर्दा स्थानीय प्रहरीसँग समन्वय गरेर संयुक्त चेकजाँच गर्नुपर्नेमा ट्राफिकले मात्रै गर्ने गरेको आरोप छ । त्यस्तै, हेभिलोडको नियम पालना नगराएको बारे समितिले उनीमाथि छानबिन गरिरहेको छ ।

छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी कमल थापा आफैँ विवादित हुन् । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा थापा पनि मतियार रहेको आरोप लागेको थियो ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा पसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर ३० लाख असुलेको घटनामा शक्तिकेन्द्रबाट दबाब दिन लगाएर थाप आफू कारबाहीबाट जोगिएका थिए । सो प्रकरणमा त्यतिबेला भैसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनु शाही ललितपुर जिल्ला अदालतबाट धरौटीमा छुटेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक तथा मेलमिलाप  समिति गठन
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
देशको समृद्धि र सीमा सुरक्षामा मिडियाको भूमिका महत्वपूर्ण : खानेपानी मन्त्री यादव
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर
निजामती विधेयकको प्रतिवेदन तयार
निजामती विधेयकको प्रतिवेदन तयार
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृ*त्यु
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृ*त्यु
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने