भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
२ पटक हेरिएको
Shares
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै

सारांश

  • ११ भदौ, काठमाडौं ।
  • आज गणेश चतुर्थी पर्व ।
  • भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ।

११ भदौ, काठमाडौं ।

आज गणेश चतुर्थी पर्व । भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । यस दिन हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको छ । नेवार समुदायले यो पर्वलाई चथाः नामले मनाउने गर्दछन् ।

बालबालिकालाई ‘छुस्यामुस्या बाँड्ने चलन नेवार समुदायमा छ। विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा गरिन्छ। विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो। यसैले यसदिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ।

गणेश चतुर्थीका अवसरमा आज काठमाडौं उपत्यकाका सूर्यविनायक, कमलविनायक, अशोकविनायक, चन्द्रविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी
७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
सप्तकोशी नदीमा भ्यासका क्रममा सशस्त्रका दुई गोताखोर बेपत्ता
सप्तकोशी नदीमा भ्यासका क्रममा सशस्त्रका दुई गोताखोर बेपत्ता
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
भारतको हरिद्वारस्थित मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृ*त्यु
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
गाडिएको अवस्थामा नातिनीको शव फेला परेको घटनामा मावली हजुरबुबा पक्राउ