उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
४ पटक हेरिएको
Shares
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ

सारांश

  • १० भदौ, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका माग जायज सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
  • उखु किसानहरुको आन्दोलनमा माओवादी केन्द्रको ऐक्बद्धता जनाउन माइतीघर मण्डला पुगेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘उखु किसानहरुको माग जायज छ, त्यो नयाँ माग पनि छैन ।

१० भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानका माग जायज सरकारले पूरा गर्नुपर्ने बताएका छन् । उखु किसानहरुको आन्दोलनमा माओवादी केन्द्रको ऐक्बद्धता जनाउन माइतीघर मण्डला पुगेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘उखु किसानहरुको माग जायज छ, त्यो नयाँ माग पनि छैन । पहिले दिइरहेको अनुदान पूर्ववत रुपमा कायम गरियोस् र त्यो भुक्तानी तुरुन्त दिइयोस् भन्ने माग पूरा गर्नुपर्छ ।’

सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँमा आधा घटाएर ३५ रुपैयाँ कायम गरेपछि किसानहरु काठमाडौं आएर विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरु उखुका लाक्रासहित माइतीघर मण्डलामा धर्नामा बस्दै आएका छन् । आज माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ माइतीघर पुगेर उनीहरुका मागमा ऐक्यबद्धता जनाए ।

उनले सिंहदरबार अगाडि आएर अनुदान माग्नुपर्ने स्थिति अन्त्य गर्नुपर्ने धारणा राखे । सिंहदरबारको अगाडि आएर हाम्रो अनुदान काटियो, अनुदान पहिलेजस्तै होस् र भुक्तानी चाहियो भन्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ ।’ उनले उखु किसानहरुका माग सरकारले पूरा किन नगर्ने भनेर पनि प्रश्न गरे । उनले आवश्यक परेमा उखु किसानहरुले गर्ने संघर्षका कार्यक्रमहरुमा अझ सक्रियतापूर्वक सहभागी हुने समेत बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्दार मःम पसल विस्फोटमा मृतकको सङ्ख्या तीन पुग्यो
शान्दार मःम पसल विस्फोटमा मृतकको सङ्ख्या तीन पुग्यो
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व
पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सार कार्यालयले उठायो ७३ अर्ब राजस्व
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
सूचना प्रविधि मन्त्रालयकै वेबसाइट डाउन
केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता
केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो
दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ