एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
एमालेमा केन्द्रीय कमिटी बैठक सार्नेबारे छलफल

सारांश

  • १० भदौ, काठमाडौँ ।
  • नेकपा (एमाले) ले भदौ १३ गतेका तय गरेको केन्द्रीय कमिटी बैठक सार्ने तयारी गरेको छ।
  • यद्यपि अहिलेसम्म केन्द्रीय सदस्यहरूलाई सूचना भने पठाइसकेको छैन।

१० भदौ, काठमाडौँ ।

नेकपा (एमाले) ले भदौ १३ गतेका तय गरेको केन्द्रीय कमिटी बैठक सार्ने तयारी गरेको छ। यद्यपि अहिलेसम्म केन्द्रीय सदस्यहरूलाई सूचना भने पठाइसकेको छैन। दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो। तर केन्द्रीय सदस्यहरूले विधान महाधिवेशनको अघिल्लो दिन नै बैठक राख्दा सजिलो हुने सुझाव दिइरहेको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

‘अहिलेसम्म बैठक स्थगित भएको त छैन तर केन्द्रीय सदस्यहरूले भदौ १३ गते पनि आउने र विधान महाधिवेशनका लागि पनि आउँदा दोहोरो पर्ने भनिराख्नुभएको छ। भदौ १९ गते बैठक राख्ने र दस्तावेजत पारित गर्ने हो भने आफूहरूलाई सजिलो पर्ने उहाँहरूको राय छ,’ उनले भने। एमालेले विधान संशोधन प्रस्तावमाथि सुझाव पठाउन मंगलबार बेलुकासम्मको समय दिएको छ। बुधबार र बिहीबार ती सुझावलाई दस्तावेजीकरण गर्न नभ्याइने भएकाले पनि बैठक सार्नु उपयुक्त हुने कतिपय सदस्यको धारणा रहेको गौतमले बताए।

भदौ १४ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जाने कार्यक्रम पनि छ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज सभा हलमा हुँदैछ। एमालेको यो महाधिवेशनले विधान तर्जुमा गर्नेछ। तर भण्डारी पक्षले भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत राख्ने तयारी गरेपछि बैठक नै सार्न लागेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी १० औं केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नु अस्वाभाविक नभएको बताउँदै फरक मत दर्ज हुने सम्भावना बताएका थिए।

‘केन्द्रीय सदस्यहरूको बैठक हो, सदस्यहरूले बोल्छन्, आफ्ना धारणा राख्छन्, त्यसलाई  अस्वाभाविक रूपमा लिनुहुँदैन, यो नियमित प्रक्रिया हो,’ उनले भने। एमाले नेता कृष्ण दाहालले पनि अबको केन्द्रीय कमिटी बैठमा ईश्वर पोखरेलले फरक मत दर्ज गर्छु भनेको जानकारी दिए। ‘नवौं बैठक हुलमुलमा सकियो। एजेन्डा नै नभएका विषय पनि आए। त्यहाँ बोल्ने वातावरण नै थिएन। अबको केन्द्रीय कमिटीमा उहाँले फरक मत राख्छु भन्नु भएको छ,’ उनले भने।

पोखरेलसहितका नेताको तयारी बुझेरै अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारको बैठक सार्न लागेको भण्डारी पक्षको भनाइ छ। एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटी नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो। यो सँगै उनको सदस्यता पनि निष्क्रिय तुल्याएको थियो। तर भण्डारीले राजनीतिक गतिविधिहरू गर्दै आएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता
दार्चुलाको नौगाड नदीमा अटोरिक्सा खस्दा ३ जना बेपत्ता
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ
प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
प्रत्येक पालिकामा आपत्कालीन गोदामघर व्यवस्थापन गरिने
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु
पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा