काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १, २०८२
|
|
२ पटक हेरिएको
Shares
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री

सारांश

  • काठमाडौँ- परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन्।
  • भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।
  • विदेशसचिव मिस्रीले भ्रमणका दौरान नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौँ- परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन्।

भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

विदेशसचिव मिस्रीले भ्रमणका दौरान नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनी भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ ।

विदेशसचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुँदै
जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
सरकारलाई झुकाउने उपेन्द्र यादवको अडान
सरकारलाई झुकाउने उपेन्द्र यादवको अडान
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
सगरमाथा संवाद आज समापन हुँदै
सगरमाथा संवाद आज समापन हुँदै