नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

Raju Yadav Raju Yadav
|
शनिबार, श्रावण १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

सारांश

  • १० साउन, काठमाडौं ।
  •   नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् ।
  • नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जयकुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन् ।

१० साउन, काठमाडौं । 

नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जयकुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन् । उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोतका अनुसार उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
इटहरीस्थित पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी
काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी
विपिन जोशीको शव इजरायललाई बुझाउँदै हमास
विपिन जोशीको शव इजरायललाई बुझाउँदै हमास
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
अर्थान्त्रालयले मेरिटमा आधारित गर्यो ३० उपसचिवको सरुवा तथा पदस्थापन
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी