राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा

Raju Yadav Raju Yadav
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
राष्ट्रियसभामा मागियो भूमिमन्त्री अधिकारीको राजीनामा

सारांश

  • ६ साउन, काठमाडौं ।
  •   राष्ट्रियसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको राजीनामा मागिएको छ ।
  • सभाको मंगलबारको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले अधिकारीको राजीनामा मागेका हुन् ।

६ साउन, काठमाडौं । 

राष्ट्रियसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको राजीनामा मागिएको छ । सभाको मंगलबारको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले अधिकारीको राजीनामा मागेका हुन् । कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा अडियो सार्वजनिक भएपछि तत्कालीन संघीय मामिला तथा सामान्य

प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर, भूमिमन्त्री अधिकारीले राजीनामा नदिएको भन्दै उनले बर्खास्त गर्न माग गरे । उनले भने; ३२ लाखको घुस डिलको अडियो सार्वजनिक भएका र उनी सम्वद्ध कास्की जिल्ला पार्टी कार्यालयले कारबाहीका लागि सिफारिस गरेका भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारणमन्त्रीको राजीनामा नआएकोले तत्काल बर्खास्त गरी उनलाई छानबिन गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ