प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्वारा माई नगर अस्पतालको उद्घाटन

सारांश

  • २८ असार, इलाम।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल शनिबार उद्घाटन गरेका छन् ।
  • सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्नुका साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि गरेका हुन् ।

२८ असार, इलाम।

प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल शनिबार उद्घाटन गरेका छन् ।सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्नुका साथै बृहत् खानेपानी आयोजनाको शिलान्यास पनि गरेका हुन् ।

सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख गर्दै देखिएका अरू समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए ।

उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे । प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?