नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १९, २०८२
|
|
१ पटक हेरिएको
Shares
नेपाली बलर चम्केपछि मलेसिया ९० रनमा अलआउट

सारांश

  • १८ असार, काठमाडौं ।
  • एसीसी यू-१६ इस्ट कप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि मलेसिया ९० रनमा अलआउट भएको छ ।
  • क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.

१८ असार, काठमाडौं ।

एसीसी यू-१६ इस्ट कप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि मलेसिया ९० रनमा अलआउट भएको छ । क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो । फाइनल पुग्न अब नेपालले ९१ रन बनाउनुपर्नेछ ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १-१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ