सर्‍यो एमालेको सचिवालय बैठक

Raju Yadav Raju Yadav
|
बुधबार, आषाढ ११, २०८२
|
|
२ पटक हेरिएको
Shares
सर्‍यो एमालेको सचिवालय बैठक

सारांश

  • ११ असार, काठमाडौं ।
  • नेकपा (एमाले)को सचिवालय बैठक सरेको छ।
  • आज दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक आजै दिउँसो ३ बजे बस्नेगरी सरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

११ असार, काठमाडौं ।

नेकपा (एमाले)को सचिवालय बैठक सरेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक आजै दिउँसो ३ बजे बस्नेगरी सरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा महाधिवेशन तयारीबारे छलफल गर्ने एजेन्डा छ। पार्टीका  केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे विस्तृत छलफल आजको बैठकमा हुनेछ। ‘बैठकमा विधान संशोधन प्रस्ताव, राजनीति र सांगठनिक प्रस्ताव तयार पार्नेबारे छलफल हुनेछ। सचिवालय आफैले प्रस्ताव तयार पार्न सक्नेछ, समिति बनाउन पनि सक्नेछ,’ उनले भने। सम्भवतः एमालेले विधान संशोधन प्रस्ताव तयार पार्न समिति बनाउनेछ।

गत माघ ८ गते बसेको सचिवालयको ४२ औं  बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरेको थियो। विधानतः विधान महाधिवेशन हुनु एक महिनाअगाडि नै विधान संशोधन प्रस्ताव सुझावका लागि प्रदेश र जिल्ला कमिटीमा पठाइसक्नुपर्नेछ। चितवनमा भएको दसौं महाधिवेशनका प्रतिनिधि नै यो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन्। एमालेभित्र ७० वर्षे उमेरहद राख्ने कि फुकुवा गर्ने भन्ने बहस बाक्लिएको छ। त्यस्तै कार्यकारी कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधान राख्नुपर्ने पनि आवाज उठिरहेको छ। एमालेको नवौं महाधिवेशनमा यी दुवै प्रावधान राखिएको थियो।

तर पहिलो विधान महाअधिवेशनपछि ७० वर्षे उमेरहदमात्रै राखिएको थियो। कार्यकालको प्रावधान थिएन। ७० वर्षे उमेरहद पनि २०८० जेठमा एकीकृत समाजवादी छाडेर एमाले फर्किएका मुकुन्द न्यौपानेहरूलाई जिम्मेवारी दिनभन्दै स्थगित गरिएको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायत नेताहरूले उमेरहद राख्नुपर्ने बताउँदै आएका छन्। उमेरहदकै कारण एमालेमा तत्कालीन नेता भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत नेता सक्रिय राजनीतिबाट सन्न्यास लिएका थिए। एमाले आउँदो फागुनभित्रै ११ औं  राष्ट्रिय महाधिवेशन गर्ने तयारी पनि गरेको एमाले नेताहरू बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ