स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
सारांश
- ३ असार, काठमाडौं ।
- त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ठ सुरुवात गरेको छ।
- टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ५ ओभरमै स्कटल्यान्डको ५ विकेट लिएको हो।

३ असार, काठमाडौं ।
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले स्कटल्यान्डविरुद्ध उत्कृष्ठ सुरुवात गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ५ ओभरमै स्कटल्यान्डको ५ विकेट लिएको हो। ५ ओभरको खेल सकिँदा स्कटल्यान्डले मात्रै २४ रन बनाएको छ।

नेपालका लागि करण केसीले २, दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिए। एक विकेट नेपालले रनआउट गर्यो।यसअघि पहिलो खेलमा सोमबार नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको थियो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया