सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
६६ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट

सारांश

  • मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् ।
  • नेप्से परिसूचक ३५.
  • ७३ अंक (१.

२० जेठ, काठमाडौं ।

मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् ।

बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो । विगत दुई साता बजार बढ्दा यहीं सेक्टर उच्च दरले बढेको थियो । राजनीतिक अन्योलताका बीच नाफा बुक गर्ने कारोबारी हाबी हुँदा आज बजार प्रभावित बन्यो । त्यस्तै विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, लगानी १.२९, जीवन बीमा ०.७४, उत्पादन ०.०१, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८, अन्य ०.९८ तथा व्यापार समूह १.३७ प्रतिशत घटे ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ५.५८, नारायणी डेभलपमेन्ट बैंकको ३.० प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशत घट्यो । रकमका आधारमा आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन
राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक