संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

सारांश

  • यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ ।
  • भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् ।
  • संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ ।

२० जेठ, बागलुङ ।

यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् । संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन थालिएको छ । संसारकोट दरबारको पर्खाल पुनर्निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जङ्गलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन् । नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन २०७७ सालबाट विभिन्न काम सुरु गरेको थियो । समुद्री सतहबाट दुई हजार ४९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको रु ३६ लाख बजेटबाट पुनर्निर्माण भइरहेको छ ।

निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर कार्कीका अनुसार अहिलेसम्म भग्नावशेष दरबारको पर्खाल पुनःनिर्माण, संसारकोट पुग्ने पदमार्ग, सत्तललगायत संरचनामा रु एक करोड बराबरको पूर्वाधार निर्माण भइसकेको छ । विसं २०७७ सालमा पुरातात्व विभागले रु ३० लाख बजेटमा दरबारको पर्खाललाई पुनःनिर्माण थालिएकामा २०७९ सालमा रु २० लाख बजेट थप विनियोजन गरिएको थियो । विभागले ढुङ्गा कुँदेर कलात्मक ढङ्गले रु ५० लाख बजेटबाट ५० मिटर ढुङ्गाको मात्र पर्खाल लगाइएको थियो । अहिले पर्यटन मन्त्रालयको रकमबाट २० मिटर पर्खाल थप निर्माण र भगवतीको मन्दिर बनिरहेको छ, मन्दिर ढुङ्गा र काठको मात्र प्रयोग गरी निर्माण गरिएको छ । संसारकोटमा प्यागोडा शैलीको मोक्षदेवी भगवती मन्दिर, कलात्मक पर्खालको पुनःनिर्माण, सत्तल, खानेपानीका लागि आवश्यक पूर्वाधार तथा त्यहाँ पुग्ने पदमार्ग निर्माणले पछिल्लो समय धार्मिक पर्यटक आकर्षित गरेको छ ।

संसारकोटमा अहिले विद्युत्समेत पुर्याइएको छ । तीन वर्षअघि खसगाउँबाट थाप्लोसम्म चार सय मिटर पदमार्ग, अर्को वर्ष संसारकोटबाट सम्मेनीसम्मको पदमार्ग, खसगाउँ चौपारीबाट सम्मेनी सम्म र रामाइलो डाँडा गरी झण्डै चार किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । अहिले खसगाउँबाट र संसारकोटको बीच भागमा पदमार्ग बनाउन बाँकी रहेको कार्कीले बताउनुभयो । पदमार्गको बीच–बीचमा चारवटा चौतारीसमेत निर्माण भइसकेका छन् । पर्यटन प्रवर्द्धन कार्यक्रम तथा पुरातात्विक स्थलको संरक्षण, मर्मत र जीर्णोद्वार कार्यक्रमले संसरकारकोटको मुहार फेरिँदै गएको छ । जिल्लाको ऐतिहासिक पर्यटकीयस्थलका रूपमा परिचित संसारकोट बागलुङको पाला, मूलपानी, मालिका, भीमपोखरा, धम्जा र म्याग्दीको ज्यामरुककोट, गौश्वरा तथा अर्कोतर्फ भकिम्ली समेतको जङ्गलको धुरीमा पर्छ ।

संसारकोट, ऐतिहासिक पर्यटकीय र सांस्कृतिक महत्व बोकेको क्षेत्रमा तत्कालीन बाइसे÷चौबिसे राज्यअन्तर्गत पर्वते राजाले शासन गर्ने गरेको बुढापाकाले बताउने गरेको स्थानीय तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो । उहाँले बागलुङ ६ र ७ नम्बर वडामा तारजालकोट, कारिकोट, माझकोट, राँयकोट र शिरमा संसराकोट रहेकाले अहिले सबैको सङ्गमस्थलका रुपमा पञ्चकोटको नामकरण गरेर धार्मिक पर्यटकसमेत भित्र्याइरहेको छ । संसारकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे र धवलागिरिलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
सरकार जनता र सदनप्रति अनुत्तरदायी बनेको छ :अध्यक्ष राई
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन
जन अधिकार पार्टीको बारा अध्यक्षमा संजय सहनी चयन
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
अवैध उत्खननले घट्यो खोलाको सतह, राजश्व पनि न्यून संकलन
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति