काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौँमा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा

सारांश

  • काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले आज (जेठ १९ गते) २ वटा बस संचालन गरेको छ।
  • सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
  • थापाका अनुसार अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज  हुँदै  रिङरोड  परिक्रमा गर्नेछ।

१९ जेठ, काठमाडौं ।

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले आज (जेठ १९ गते) २ वटा बस संचालन गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

थापाका अनुसार अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज  हुँदै  रिङरोड  परिक्रमा गर्नेछ। सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्यसम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो।  सोमबार नेपाल प्रहरीले पनि काठमाडौँमा निशुल्क बस सेवा सञ्चालन गरिरहेको छ। सार्वजनिक यातायात ठप्प पारेका यातायात व्यवसायी र सरकारबिच एक चरणको वार्ता भइसकेको छ। वार्ता समिति बनाएर अर्को चरणमा छलफल गर्ने तयारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
जनकपुरमा आज यसरी धुमधामसँग गरिँदैछ राम र जानकीको विवाह
जनकपुरमा आज यसरी धुमधामसँग गरिँदैछ राम र जानकीको विवाह
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद
क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
बकैयामा खोरभन्ज्याङमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, २ जना पक्राउ
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
निर्मल पूर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन रानामगर बेलायत प्रस्थान
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु
शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन
शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन