माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

Raju Yadav Raju Yadav
|
सोमबार, जेठ १९, २०८२
|
|
३ पटक हेरिएको
Shares
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

सारांश

  • १९ जेठ, काठमाडौं ।
  •   प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ।
  • आज दिउँसो माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

१९ जेठ, काठमाडौं । 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आज दिउँसो माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। यस अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो। संसद्को बैठकमा यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे पनि आज छलफल हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?