प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ

Raju Yadav Raju Yadav
|
शनिबार, जेठ १७, २०८२
|
|
४ पटक हेरिएको
Shares
प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा बढी पीर प्रचण्डलाई पर्नु स्वाभाविक रहेको बताएका छन् ।
  • राजसंस्था पुनस्थापनासहित शनिबार आयोजित आन्दोलनको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
  • यसअघि आजै प्रचण्डले राजावादीहरूले बढी चुरीफुरी गरेको भन्दै चेतावनी दिएका थिए ।

१७ जेठ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा बढी पीर प्रचण्डलाई पर्नु स्वाभाविक रहेको बताएका छन् । राजसंस्था पुनस्थापनासहित शनिबार आयोजित आन्दोलनको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । यसअघि आजै प्रचण्डले राजावादीहरूले बढी चुरीफुरी गरेको भन्दै चेतावनी दिएका थिए । प्रचण्डले पैसा दिएर मान्छेहरू काठमाडौंमा ल्याएको आरोप पनि लगाएका थिए । सोही विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै लिङ्देनले भनेका छन्, ‘गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पीर परेको बेलामा के के बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ ।’

प्रचण्डले पैसा तिरेर वा भोज खुवाएर मान्छे काठमाडौं ल्याएको आफ्नै अनुभव सुनाएको हुनसक्ने लिङ्देनको भनाइ थियो । ‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू खोजेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज लगाउनुभएको थियो । उहाँहरूलाई थाहा छ,’ प्रचण्डले भने, ‘भोज खुवाएर, पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको हो । त्यसमा मेरो टिप्पणी छैन ।’ उनले अहिलेको जसैगरी समर्थन जुटेको खण्डमा सरकारलाई झुक्न बाध्य बनाउने पनि बताए । ‘यसरी नै जनसमर्थन जुट्यो भने हामीले सरकारलाई झुक्न बाध्य बनाउँछौं । जनसमर्थन आवश्यकता अनुसार पुग्न सकेन भने फेरि अर्को चोटि प्रयास गर्छौं । निरन्तर रुपमा लागिराख्छौं,’ लिङ्देनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
स्वास्थ्य नितिहरुमा यौनिक तथा लैङ्गिक समाजका व्यक्तिहरूलाई समेत जोड्नु पर्छ: मन्त्रि सुरिता कुमारी
गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको आदेश
गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको आदेश
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?