गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
सारांश
- ११ जेठ, काठमाडौं ।
- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने संकेत गरेको छ ।
- आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ ।

११ जेठ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेठ १३ गते बस्ने बैठक अवरुद्ध गर्ने संकेत गरेको छ । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको आदेश सदर गर्ने निर्णय मान्ने भए पनि केही त्रुटिहरू रहेको भन्दै त्यसबारे बहस गर्ने निष्कर्ष निकालेको छ ।

‘यथास्थितिमा भ्रष्ट सरकार र गठबन्धनले देशलाई कतै पुर्याऊला जस्तो देखिँदैन’, कार्यवाहक प्रवक्ता झाले भने, ‘यो त एक अर्कालाई संरक्षण गर्ने भिजिट भिसा काण्डले नै देखाउँछ ।’ उनले गृहमन्त्री रमेश लेखकले प्रमाणित भयो भने राजनीति छाड्छु भन्नु हास्यास्पद भएको भन्दै प्रमाणित भए राजनीति छाड्ने होइन कि जेल जानुपर्ने बताए । साथै उनले अब बस्ने संसद बैठक सामान्य नहुने पनि बताए । ‘अबको बैठकमा हामी के गर्छौं भनेर भन्दिनँ तर पर्सिको संसद् बैठक सामान्य हुँदैन’, झाको भनाइ छ ।


प्रतिक्रिया