एमाले धनुषामा रघुविर महासेठको समूह निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२ पटक हेरिएको
Shares
एमाले धनुषामा रघुविर महासेठको समूह निर्वाचित

सारांश

  • ९ जेठ, जनकपुरधाम ।
  •   नेकपा (एमाले) धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्।
  • उनले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरेका छन्।

९ जेठ, जनकपुरधाम । 

नेकपा (एमाले) धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्। उनले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनको प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले २ सय मत प्राप्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष भोलाले एमाले पार्टी सचिव तथा पूर्वउपप्रधानमन्त्री रघुविर महासेठको समूहबाट उम्मेदवारी दिएका थिए भने लक्ष्मीनारायण पार्टी केन्द्रीय सदस्य उमाशंकर अरगरिया प्यानलका उम्मेदवार बनेका थिए। पराजित लक्ष्मीनारायण मधेस प्रदेश सभामुख रामचन्द्र मण्डलका राजनीतिक सल्लाहकार हुन्।

उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दिपन ठाकुर, उपसचिवमा सविन थापा र महिला उपसचिवमा रुका मिश्र विजयी भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचितहरू सबै रघुविर महासेठ प्यानलका रहेका छन्। गत बुधबार सम्पन्न मतदानमा ६ सय २८ मध्ये ६ सय १५ जना प्रतिनिधिले मतदान गरेका थिए। वैशाख २० गते सुरु भएको एमालेको ८ औं जिल्ला अधिवेशनको क्रममा दुई समूहबीच कुटाकुट भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?