वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ

Raju Yadav Raju Yadav
|
बिहिबार, जेठ ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने चारजना पक्राउ

सारांश

  •   ८ जेठ, काठमाडौं ।
  • वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गर्ने चारजनालाई काठमाडौंका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ।
  •  तनहुँ भानु नगरपालिका ८ घर भई काठमाडौंको तारकेश्वर- ४ बस्ने विकास गुरुङ र सिन्धुलीको कमलामाई- १२ घर भई काठमाडौं- ३२ बस्ने रञ्जना अधिकारीलाई प्रहरीले भिन्न-भिन्न स्थानबाट पक्राउ गरेको हो।

 

८ जेठ, काठमाडौं ।

वैदेशिक रोजगारीमा पठाइदिने बहानामा ठगी गर्ने चारजनालाई काठमाडौंका विभिन्न स्थानबाट नेपाल प्रहरीले पक्राउ गरेको छ। तनहुँ भानु नगरपालिका ८ घर भई काठमाडौंको तारकेश्वर- ४ बस्ने विकास गुरुङ र सिन्धुलीको कमलामाई- १२ घर भई काठमाडौं- ३२ बस्ने रञ्जना अधिकारीलाई प्रहरीले भिन्न-भिन्न स्थानबाट पक्राउ गरेको हो। यस्तै ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका- १ घर भई काठमाडौं- ३१ बस्ने  यादव प्रसाद घिमिरे र कञ्चनपुरको वेदकोट ३ घर भई काठमाडौं ३ बस्ने लोकजन खड्का पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले जापान, थाइल्याण्ड, क्रोएसिया अजरबैजानजस्ता देशमा पठाउने भन्दै ठगी गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म सम्पर्क विहीन भएको उजुरी आएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।  उनीहरू चारैजनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल  पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?