प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

Raju Yadav Raju Yadav
|
शुक्रबार, जेठ २, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

सारांश

  •   २ जेठ, काठमाडौँ ।
  • प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
  • सभाको आजको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

२ जेठ, काठमाडौँ ।

प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव सरकारले गम्भीर रूपमा लिनुपर्छ । तीनै तहको समन्वय र आवश्यक बजेट विनियोजन गर्न आवश्यक छ ।” सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्र्ने बताउनुभयो । “राजधानीबाट पूर्वतर्फ यात्रा गर्ने बिपी राजमार्ग जीर्ण अवस्थामा छ यसका लागि वैकल्पिक मार्गको व्यवस्था होस् भनेर माग गर्दछु”, उहाँले भन्नुभयो । सांसद अच्युतप्रसाद मैनालीले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताउनुभयो ।

सांसद अनिशा नेपालीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सल्यानका १० वटै स्थानीय तहमा करोडौँ बेरुजु देखिएकाले यसका कारणबारे छानबिन हुनुपर्ने बताउनुभयो । सांसद डा अमरेशकुमार सिंहले उखु र दूध किसानको पैसा समयमा दिनुपर्ने र महँगी नियन्त्रणमा जोड दिनुपर्ने बताउनुभयो । सांसदद्वय अमृतादेवी अग्रहरी र आश्माकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट जनतामुखी र कृषि क्षेत्र सुधार हुनेगरी ल्याउनुपर्ने बताउनुभयो । सांसद उर्मिला थेबेले पूर्वी नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरालाई संयुक्त राष्ट्रसङ्घीय शेक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्नुपर्ने माग गर्नुभयो ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लामा तरकारीखेतीको राम्रो सम्भावना रहेकाले बृहत् सिँचाइ योजना बनाउन आग्रह गर्नुभयो । सांसदहरू असिम शाह, एकनाथ ढकाल, कालुराम राई, गणेश पराजुली, गङ्गा कार्की, गङ्गाप्रसाद यादव, डा चन्दा कार्की भण्डारी, छिरिङडम्डुल लामा, छिरिङल्हामु लामा तामाङ, जनार्दन शर्मा, ज्वालाकुमारी साह, जावेदाखातुन जागा, जुलीकुमारी महतो महासेठ र अब्दुल खानले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यकः स्वास्थ्यमन्त्री
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक स्थगित
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै
आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइयो