सशस्त्र प्रहरीको प्रवक्तामा कालिदास धौवजी
सारांश
- २४ वैशाख, काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीलाई दिइएको छ ।
- यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं.
- १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनीपतिको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई सो जिम्मेवारी दिइएको हो।

२४ वैशाख, काठमाडौं :
सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीलाई दिइएको छ । यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल,

नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनीपतिको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई सो जिम्मेवारी दिइएको हो। नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति रहेका थिए।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया