राजस्थानको प्लेअफ सम्भावना जीवितै, १४ वर्षीय सूर्यवंशीको कीर्तिमानी शतक

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३ पटक हेरिएको
Shares
राजस्थानको प्लेअफ सम्भावना जीवितै, १४ वर्षीय सूर्यवंशीको कीर्तिमानी शतक

सारांश

  •   १६ वैशाख, काठमाडौं ।
  • इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ ।
  • उसले पाँच हारपछि जित निकालेको हो ।

 

१६ वैशाख, काठमाडौं ।

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । उसले पाँच हारपछि जित निकालेको हो ।  सोमबार राति सम्पन्न खेलमा गुजरातले दिएको २ सय १० रनको लक्ष्य राजस्थानले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि १४ वर्षीय ओपनर वैभव सूर्यवंशीले सानदार शतकीय पारी खेले ।

उनले ३८ बलमा ११ छक्का र सात चौकासहित १ सय १ रनको पारी खेलेका हुन् । वैभवले ३५ बलमा शतक पूरा गरेका थिए । योसँगै उनी आइपिएलमा सर्वाधिक छिटो शतक हिर्काउने भारतीय ब्याटर बने । यसअघि यो रेकर्ड युसूफ पठानको नाममा थियो । उनको रेकर्ड वर्षौंपछि वैभवले तोडे । साथै, उनी आइपिएलमा शतक हिर्काउने कान्छा खेलाडी बनेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?