वार्ता नगरी शिक्षकमाथि सरकारले बल प्रयोग गर्यो : शेखर कोइराला
सारांश
- १४ वैशाख, काठमाडौं ।
- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् ।
- शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भएको उल्लेख गर्दै उनले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न मागसमेत गरेका छन् ।

१४ वैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकका माग सम्बोधन गर्न अनुरोध गरेका छन् । शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भएको उल्लेख गर्दै उनले शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न मागसमेत गरेका छन् ।

‘पठन पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ, यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो,’ कोइरालाले भने, ‘अब धेरै ढिला भयो, एक दुई दिन मै समस्या समाधान गरी पठन पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’


प्रतिक्रिया